ad ad

राजनीति


राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०७९ बुधबार ७:५७, काठमाडौँ

भोलि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार बैठक पार्टी केन्द्रीय कार्यालय (धुम्बाराही) मा दिउँसो १ बजे बस्नेछ।

‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिको गम्भीर ढंगले समीक्षा गर्छाैँ, पार्टी सरकारमा ग’को विषयमा पनि छलफल गर्छाैँ, पार्टीको आगामी रणनीतिको विषयमा छलफल गर्छाैँ’, प्रवक्ता श्रेष्ठले बुधबार बिहान नेपालखबरसँग भने, ‘र, स्वाभाविक रूपमा भोलि हुने राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीको धारणा सार्वजनिक गर्छाैँ।’

राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुने वा नहुने कस्तो निर्णय होला? 

नेपालखबरको जिज्ञासामा उनले भने, ‘होइन, हामी सबै विकल्पमा खुला छौँ, ठ्याक्कै बैठक बस्नुभन्दा अघि प्रवक्ताले यस्तो निर्णय हुन्छ भनेर भन्न मिल्दैन, हामी छलफल गर्छाैं र टुंगोमा पुग्छौँ।’

राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा मतदान गर्नुपर्ने र गर्न नहुने भन्नेमा नेताहरू बाँडिएका छन्। राप्रपा राजावादी पार्टी भएकाले राष्ट्रपति चुन्ने चुनावमा सहभागी हुन नहुने तर्क पनि राप्रपाभित्र भइरहेको छ।

राप्रपा राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसैको पनि प्रस्तावक र समर्थक बनेको छैन। राष्ट्रपति पदका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन्। दुवै नेताले राप्रपाको कार्यालयमै पुगेर आफूलाई मतदान गर्न आग्रह गरेका छन्। त्यसबेला राप्रपा नेताहरूले यस विषयमा पार्टी बैठक बसेर निर्णय गरिने जवाफ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .