ad ad

समाज


काठमाडौँ र पोखरामा पानी पर्‍यो

काठमाडौँ र पोखरामा पानी पर्‍यो

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०७९ बुधबार ८:१४, काठमाडौँ

अहिले काठमाडौँलगायत पहाडी भेगका केही स्थानमा हिमपात र वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले काठमाडौँको एयरपोर्ट क्षेत्रतिर सिमसिम पानी परिरहेको छ।

‘भिज्ने खालको वर्षा भएको छैन’, उनले भने, ‘यस्तै यतिबेला डोल्पामा हिमपात भइरहेको छ भने कास्कीको पोखरातिर वर्षा भइरहेको छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

देशभरकै पहाडी भेगमा वर्षाको सम्भावना देखिएकाले कुन ठाउँमा पानी पर्छ भनेर ठ्याक्कै तोक्न नसकिने महाशाखाका मौसमविद् पौडेलले बताए। 

‘अहिले पहाडमा सबैतिर बादल छ, त्यसैले पहाडी क्षेत्रका जुनसुकै स्थानमा पानी पर्न सक्छ’, उनले भने।

महाशाखाका अनुसार आज दिउँसो देशको उच्च  पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। 

यस्तै आज राति  कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको जानकारी पनि मौसमविद् पौडेलले दिए। तर अहिले बिहान ८:४५ बजे यो पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रमको विवरण पनि सार्वजनिक गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .