ad ad

राजनीति


माओवादी धारका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

माओवादी धारका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार ७:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाका आधारमा सर्वाेच्च अदालतमा मुद्दा हालेपछि एक ठाउँमा उभिएका माओवादी धारका पार्टीहरूले आज संयुक्त अपिल जारी गर्दै छन्।   

विस्तृत शान्ति समझौताविपरीत द्वन्द्वकालीन मुद्दा ब्यूँत्याउन लागेको भन्दै प्रतिवादमा उत्रिने निर्णय गरेका उनीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

माओवादी घटकहरूले आज दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा भवनमा पत्रकार सम्मेलन गर्दै छन्। 

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा यही फागुन २६ गते दोस्रोपटक बसेको उनीहरूको बैठकले आज २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित नागरिकसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको हो। उनीहरूबीच यसअघि फागुन २३ गते बालुवाटारमै छलफल भएको थियो र विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरिएको थियो।

आज गरिने संयुक्त पत्रकार सम्मेलनबाट संयुक्त अपिल जारी गर्ने र केही दिनमै समाजवादी मोर्चा बन्ने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा शनिबार मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए। 

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .