ad ad

राजनीति


अध्यक्ष शेर्पाको विरोध गर्दै नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

अध्यक्ष शेर्पाको विरोध गर्दै नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

नेपालखबर
फागुन २८, २०७९ आइतबार ९:४, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यालयमा असन्तुष्ट कार्यकर्ताले तालबन्दी गरेका छन्। 

संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति विरोध जनाउँदै नेविसंघका काठमाडौँ जिल्ला अध्यक्षका आकांक्षी अन्शुल केसीलगायतले संघको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन्। 

केसीद्वारा जारी विज्ञप्तिमा अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको टिकट वितरणमा एकलौटी गरेको आरोप लगाइएको छ। 

तालाबन्दी एनसीसी क्याम्पसमा पनि गरिएको छ। केसी उक्त क्याम्पसमा नेविसंघका उपाध्यक्ष हुन्।

हेर्नुहोस् विज्ञप्ति–

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .