ad ad

राजनीति


नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार शपथ लिँदै

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार शपथ लिँदै

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:५६, काठमाडौँ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) शपथ लिने भएका छन्। 

राष्ट्रपतिको कार्यालय शीतलनिवासले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ। 

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथका लागि शीतलनिवासमा समारोह आयोजना गरिएको खबर प्राप्त भएको उनका सहयोगीहरुले बताएका छन्। 

नेपालको संविधानले राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ। 

जसअनुसार नयाँ राष्ट्रपतिलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराउने छन्। 

‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ संविधानको धारा ७१ मा भनिएको छ।

पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका थिए। उनको कार्यकाल ५ वर्षको हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (आइतबार) सकिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .