नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलालई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताएका छन्।
शुक्रबार प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस संसदीय दलका नेता लामाले माओवादीका मुख्यमन्त्री जम्मकट्टेललाई नै समर्थन गरेर कांग्रेस सरकारमा सहभागी हुने बताएका हुन्।
यो सरकारले पार्टी नहेरी संविधानको रक्षा गर्दै ऐन कानुन निर्माणमा जोड दिने विश्वास लिएको उनले बताए।
‘एमालेका मन्त्रीहरुले जाँदाजाँदै आफूहरुले २ महिनाको अवधिमा गर्नुभएको मितव्ययी कार्यको विवरण पनि सुनाउनु भयो', उनले भने, 'छोटो समयमा धेरै कार्य गर्नुभएको रहेछ। एमालेका मन्त्रीहरुले सुरु गर्नुभएको राम्रा कामलाई अबको सरकारले पनि समर्थन गर्दै निरन्तरता दिने छ।’
चैत १०, २०७९, शुक्रबार
प्रतिक्रिया