ad ad

राजनीति


प्रधानमन्त्रीले मलाई अर्थमन्त्रीको प्रस्ताव गर्नुभएको छैन : थापा

प्रधानमन्त्रीले मलाई अर्थमन्त्रीको प्रस्ताव गर्नुभएको छैन : थापा

फाइल तस्वीर


नेपालखबर
चैत ११, २०७९ शनिबार १४:२६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव नगरेको बताएका छन्।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले आफू अर्थमन्त्री बनेर काम गर्न चाहन्छु भनेको भए पनि प्रधानमन्त्री र सभापतिले त्यस्तो केही प्रस्ताव नगरेको बताए।

सार्वजनिक रूपमा सोधिँदा आफूलाई लागेको कुरा भनेको उनले बताए।

उनले भने, 'केही साथी भ्रममा परेजस्तो छ। मलाई कसैले बोलाएर केही भनेको छैन। मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु, लडेर पाएको छु। साथीहरूको माया र शुभेच्छाले अगाडि बढेको छु ।'

उनले आफ्नो प्राथमिकता कांग्रेसलाई तलैबाट मजबुत बनाउनु रहेको बताए। उनले आठ लाख पार्टी सदस्य भएको र तीन सयवटा स्थानीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई जराबाटै मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले २०८४ सालको निर्वाचनमा अन्य दलका जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .