ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् आजका सम्भावित ४ कार्यक्रम

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् आजका सम्भावित ४ कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०७९ आइतबार ७:४९, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। 

बैठकका लागि चारबुँदे दैनिक कार्यसूची सार्वजनिक भइसकेको छ।

सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस गर्ने कार्यक्रम छ।

यस्तै आज नियमावली मस्यौदा समितिको प्रतिवेदनबारे दफाबार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची छ। 

संघीय संसद्‌का महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन्।

यसपछि उक्त मस्यौदा प्रतिवेदनबारे प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। 

त्यसपछि नियमावली मस्यौदा समितिका सभापति केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन्। 

हेर्नुहोस् दैनिक कार्यसूची-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .