ad ad

राजनीति


बजेट कटौतीको गुनासो गर्दै ज्वालाले भने–यता ताने उता मिल्दैन, उता ताने यता!

बजेट कटौतीको गुनासो गर्दै ज्वालाले भने–यता ताने उता मिल्दैन, उता ताने यता!

नेपालखबर
बैशाख १७, २०८० आइतबार १८:२७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्। 

आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताए। चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भएपनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए।

आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको बताउनु भयो । उहाँले राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरु पनि खराब रहेको बताउनु भयो ।

‘हामी बजेट निर्माणको चटारोमा छौं। बजेट पनि कटौती पनि छ। कटौती भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला,’ उनले भने, ‘यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन। गरिबी जस्तो भएको छ। बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ।’ 

आर्थिक संकट हुँदाहुँदै राजश्व संकलन समेत कमजोर भएको उनको भनाई छ। 

‘अर्थतन्त्रमा खराब सूचकांकहरु छन्। त्यसको मारमा बजेट परेको छ।बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरु, योजना, कार्यक्रम मारमा पर्नु हो ,’  मन्त्री ज्वालाले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यस पटक सबैभन्दा धेरै कटौती गरिएको छ। १ सय ६७ अर्ब अहिलेको आर्थिक वर्षमा थियो भने आगामी आर्थिक वर्षमा ११३ अर्ब मात्रै बजेट सिलिङ दिइएको छ। त्यसैले अत्यन्त कठिन छ बजेट बनाउन। धेरै मागहरु सम्बोधन गर्न कठिन छ।’

मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .