ad ad

राजनीति


नागरिकता विधेयकको दोष प्रधानमन्त्रीले लिनुपर्छ : रवि लामिछाने

नागरिकता विधेयकको दोष प्रधानमन्त्रीले लिनुपर्छ : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १३:५५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट  प्रमाणीकरण गर्न लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍को अधिकार खोसेको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका भन्ने भाष्य सरकारले बनाएको भन्दै यसको दोष प्रधानमन्त्री लिनुपर्ने बताएका छन्।

‘संसदको अधिकार छलेर विधेयक प्रमाणीकरण गराउनुभयो। प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निर्णय गराएर राष्ट्रपतिमार्फत विधेयक पास गराउँदा संसदको अधिकार मात्रै छिनिएको छैन। यो संसदमा आएको भए महिलामाथि भएको विभेदबारे यो संसदले कुरा उठाउँथ्यो’, उनले भने, ‘हामी विभेदबारे बोल्न चाहन्थ्यौँ। महिलामाथि विभेद भएकोबारे आवाज उठ्थ्यो। तर यो विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका छन् भन्ने भाष्य स्थापित भएको छ। यो दोष प्रधानमन्त्रीले लिनुपर्छ।’

उनले प्रधानमन्त्रीका कारण यो प्रकरण अदालत पुगेर संसद्को अधिकार हनन भएको पनि बताए। त्यहीकारण अब यसको दोषी प्रधानमन्त्री नै रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .