ad ad

राजनीति


प्रतिनिधि सभा बदनाम भइसक्यो, एकअर्कालाई गाली गर्ने थलो बन्यो : वामदेव गौतम

प्रतिनिधि सभा बदनाम भइसक्यो, एकअर्कालाई गाली गर्ने थलो बन्यो : वामदेव गौतम

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार १७:३, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन्। 

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका छन्। 

उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरे पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए। 

उनले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावी उठेर बोल्ने गरेको बताए। 

उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे। 

गौतमले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलकोभन्दा तल झरेर संस्कृतिहीन भएको बताए। 

उनले पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको बताएका छन्। 

‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो। अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ। त्यो संसारका कुनै पनि संसदमा त्यस्तो हुँदैन। परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ’, उनले भने, ‘एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ। कहिले ५० जना, कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएका छन्। संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ। हामीले पुरानो संसद परित्याग गरेर नयाँ संसद बनाएका छौँ। पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भइसक्यो।’ 

उनले अहिले राष्ट्रिय सभा पनि त्यस्तै हुने गरेको बताए। ‘कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन। संसद् अवरोध गर्ने विषय नियमावलीमा छैन। सांसदहरुले आफ्नो विचार व्यक्त गर्ने हो’, उनले भने, ‘पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्छ। उद्देश्य नै संसद् चल्न नदिने भएको छ। यसलाई पनि सदाचारमा ल्याउन सक्नुपर्छ।’

गौतमले कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै यस्तो नियमावलीमा समेत नभएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .