ad ad

राजनीति


संसद छिरेको छोटो समयमै वितृष्णा लाग्न थाल्यो : सिके राउत

संसद छिरेको छोटो समयमै वितृष्णा लाग्न थाल्यो : सिके राउत

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १८:१४, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले  आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताए।

उनले भने, ‘अहिले जुन शिक्षा ऐन आइरहेको छ, त्यसमा जुन प्रावधानहरु छन्। त्यो कसले बनाउँछ भन्दा, तपाईहरुलाई मबाट पनि धेरै आशा होला, हामी सांसद बनेर त्यही संसदमा मौज्जुद छौँ। हामी पनि केही गर्छौं की भनेर स्वभाविक हुन्छ, संसदीय व्यवस्थामा आशा गरिन्छ। हामीबाट पनि आशा गरिन्छ। म बहुत कम समयमा यो संसदप्रति वितृष्णा उत्पन्न भएको छ।’

उनले सबैले संसद ऐन, कानून निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाए। उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरु गहन र विषयवस्तु आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए।

उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरुले नदिने गरेको दाबी गरे। उनले संसदबाट धेरै आशा गर्न नसकिने बताए। उनले सचिवसँग निजामति ऐन माग्दा नदिएको गुनासो गरे।

अध्यक्ष राउतले शिक्षकलाई उचित पारिश्रमीक दिनुपर्ने र शिक्षा पेशालाई मर्याीदत बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .