ad ad

राजनीति


समाजवादी मोर्चाले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सभा आयोजना गर्दै

समाजवादी मोर्चाले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सभा आयोजना गर्दै

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार ९:११, काठमाडौँ

समाजवादी मोर्चाले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सभा आयोजना गर्दै छ। 

सातै प्रदेशमा सन्देश सभा गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार मोर्चाले आज लुम्बिनी प्रदेशमा कार्यक्रम गर्न लागेको हो। 

उक्त सभालाई मोर्चाको एउटा घटक नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ। 

दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभामा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायत नेताले सम्बोधन गर्ने बताइएको छ। 

सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले यसअघि भदौ ८ गते वीरगन्जमा मधेश प्रदेशस्तरीय सभा गरेको थियो। 

अब मोर्चाले १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा सभा गर्नेछ। 

सत्तारुढ तीन दल (माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) र संसदमै नभएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .