ad ad

राजनीति


हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाको मुद्दा खारेज गर्नु हुँदैन : रमेश लेखक

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाको मुद्दा खारेज गर्नु हुँदैन : रमेश लेखक

नेपालखबर
भदौ १२, २०८० मंगलबार १४:३९, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु नहुने धारणा राखेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समुहलाई उनीहरुको मुद्दा खारेज गर्नेगरी पारित गर्नु नहुने बताए। यसको लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने पनि बताए।

‘मुलुकी फौजदारी अपराध कार्यविधि संहीता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ। त्यसले हिंसात्मक क्रियाकलापमा संलग्न रहेका केही समूहहरु जुन हिंसात्मक क्रियाकलाप छोडेर अहिलेको मुलधारको राजनीतिमा संविधानलाई मानेर, व्यवस्थालाई मानेर यदी शान्तिपूर्ण राजनीतिमा फर्किन चाहन्छन् भने त्यसका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ,’ उनले भने, ‘त्यो सहमति अनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समुहका सदस्यहरु थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरु खारेज गर्ने व्यवस्था गरेर यसले ल्याएको छ। यसलाई यसैरुपमा पारित गर्नुहुन्न। म यो आग्रह गर्न चाहन्छु। यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ। किनभने यसले हाम्रो न्यायिक पद्धतिमा नै केही महत्वपूर्ण प्रभाव पार्ने भएको हुनाले यसलाई यसै रुपमा पारित गर्नुहुन्न।’

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रश्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनःविचार गर्नुपर्ने पनि बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .