ad ad

राजनीति


ज्ञानेन्द्र शाहीले शंकर तिवारीविरुद्ध दर्ता गरे गाली बेइज्जतीको मुद्दा

ज्ञानेन्द्र शाहीले शंकर तिवारीविरुद्ध दर्ता गरे गाली बेइज्जतीको मुद्दा

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार १४:१२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले चितवनका शंकर तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतसहित तिन निकायमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै नेता शाहीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ का तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालत,नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरो र प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन्। 

जिल्ला अदालतले तिवारीलाई आगामी असोज १२ गते उपस्थित हुन आदेश दिएको छ।

उजुरी दिएपपछि शाहीले विज्ञप्ती जारी गर्दै विगत एक डेढ महिनादेखि आफूलाई पत्रकार भन्ने शंकर तिवारी नामको व्यक्तिले सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने र समाजलाई भ्रमित पार्ने काम गरेकोले मुद्दा दर्ता गरेको जानकारी गराएका छन्।

‘मैले गर्दै नगरेका मलाई थाहै नभएका विषयहरू बनाइ मेरो चरित्र हत्या गरी जनताको नजरमा मलाई खराब देखाउने, मैले जनताको पक्षमा बोल्दा निरुत्साहित गर्ने मनसायले मलाई तथानाम गाली बेइजती गर्ने, कपोकल्पित कुराहरू प्रचारप्रसार गरी मेरो मानमर्दन गर्दै आएको कुरा अवगत गराउन चाहन्छु। निजले म उपर लगाएका लाञ्छना र गाली-बेइजतीका केही नमुनाको फोटोकपी सामाजिक संजाल फेसबुक तथा इन्टरनेटबाट डाउनलोड गरी सुरक्षित राखेको छु’, उनले भनेका छन्। 

शाहीले आफूले कल्पना नै गर्न नसक्ने कार्य अर्थात तीनवटा बिहे गरेको, विभिन्न महिलासँग अवैध सम्बन्ध राखेको, जबरजस्ती बैवाहिक सम्बन्ध गाँसेको, निर्वाचन आयोगमा आफ्ना झुट्टा विवरण बुझाएको,विभिन्न युवतीसँग लिभिङ टुगेदरमा बसेको, कीर्ते र ठगी गरेको भनी तिवारीले सामाजिक सञ्जालमा प्रकाशन गर्दै आएपछि तिवारीविरुद्ध मुद्धा दर्ता गरेको प्रष्ट पारेका छन्।

‘आफूविरुद्ध सामाजिक संजालमा नउत्रिन शाहीले सुझाव दिँदासमेत सचेत नभइ तिवारीले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न लाञ्छना लगाएर चरित्र हत्या गर्ने कार्यमा झन् उक्साहट र हौसिएर मैले सोच्न पनि नसक्ने लाञ्छना लगाइ विभिन्न संचारमाध्यम मार्फत मेरो मानमर्दन र गाली बेइजती गर्ने, चरित्र हत्या गर्ने कार्य गरिरहेकोले म बाध्य भइ निजलाई कानुनी कारबाहीका लागी अदालतमा मुद्दा दायर गरेको छु’, उनले भनेका छन्। 

शाही गत निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .