ad ad

राजनीति


अमेरिकी सिनेटर होलेन राजनीतिक भेटवार्तामा व्यस्त, सभामुखसँग संवाद

अमेरिकी सिनेटर होलेन राजनीतिक भेटवार्तामा व्यस्त, सभामुखसँग संवाद

सभामुख घिमिरे र अमेरिकी सिनेटरबीचको भेटवार्ता। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
भदौ १७, २०८० आइतबार १८:१२, काठमाडौँ

नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन राजनीतिक भेटवार्तामा व्यस्त छन्।

होलेन र नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।

एमाले संसदीय दलको कार्यालयमा ओली र होलेनबीच भेट भएको हो। नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा  शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखे। 

त्यस्तै उनले आइतबार नै सभामुख देवराज घिमिरेसँग भेटवर्ता गरेका छन्। 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो। भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ।

भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध कायम भएपछि सम्बन्ध सुमधुर रहेको बता।

उच्चस्तरीय भेटघाटको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास घिमिरेले व्यक्त गरेका छन्। 

होलेनले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि संवाद गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .