ad ad

राजनीति


संविधान दिवसमा एमालेले विशेष कार्यक्रम गर्ने, राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान

संविधान दिवसमा एमालेले विशेष कार्यक्रम गर्ने, राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान

नेपालखबर
असोज २, २०८० मंगलबार १४:५६, काठमाडौँ

नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ।

संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन्। 

साथै, उक्त कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न पनि ओलीले आह्वान गरेको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका हुन्। 

उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .