ad ad

राजनीति


विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ

विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ

नेपालखबर
असोज १६, २०८० मंगलबार ९:१७, काठमाडौँ

विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ चुनिएका छन्। 

इटहरीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनले उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदीलाई निर्वाचित गरेको प्रदेश निर्वाचन समितिका प्रमुख अजीत  खड्काले जानकारी दिए।

श्रेष्ठ नेतृत्वको प्रदेश समितिमा इन्द्रनारायण साह, टंक फुयाँल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा ,मनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल सदस्य चयन भएका हुन्।

‘पहिचानको सम्मान, सहिष्णुताको संवर्द्धन’ मूल नाराका साथ सम्पन्न कोशी प्रदेश अधिवेशनअघि पार्टीको बागमती अधिवेशन सम्पन्न भएको हो। 

गत माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएपछि उसले एकपछि अर्काे प्रदेशस्तरको अधिवेशन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .