चीनको हाङजाओमा जारी १९ औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
भारतविरुद्धको प्रतिस्पर्धामा नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो। योसँगै नेपालले दुवै ओपनर गुमाएको छ।
२८ रन बनाएका भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए। ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने।
त्यसअघि नेपालका ओपनर आशिफ शेख १० रनमा आउट भएका थिए। आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए।
कुशल मल्ल १९ र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन्।
84
Shares
प्रतिक्रिया