ad ad

राजनीति


कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सत्तापक्ष बेन्चमा बस्ने कांग्रेसको निर्णय

कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सत्तापक्ष बेन्चमा बस्ने कांग्रेसको निर्णय

नेपालखबर
कात्तिक १, २०८० बुधबार १२:३३, काठमाडौँ

नेपाली कांग्रेस कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको छ। 

कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्कीको पक्षमा मतदान पनि गर्ने र सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको सांसद उद्धब थापाले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस नेता शेखर कोइराला पक्षका सांसद केदार कार्कीले कांग्रेसका ८ सांसद लिएर नेकपा एमालेको सनर्थनमा मुख्यमन्त्री बनेपछि संस्थापन पक्ष असन्तुष्ट छ।

कार्कीले अहिले केहिबेरपछि बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .