विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पहिलो हार व्यहोरेको छ।
कप्तान नेयमार जुनियर घाइते भएको खेलमा ब्राजिल उरुग्वेसँग २–० ले पराजित भएको हो।
नेयमार पहिलो हाफको अतिरिक्त समयमा घाइते भएका थिए। नेयमारले मैदान छाड्नु अघि १–० ले पछि परेको ब्राजिलले दोस्रोहाफमा अर्को गोल खायो।
खेलको ४२ औं मिनेटमा उरुग्वेका लागि डर्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।
७७ औं मिनेटमा निकोलस डे ला क्रुजले २–० को जित पक्का गरे। जितसँगै उरुग्वेले ब्राजिलसँग अंक बराबरी गरेको छ। दुवैको ७ अंक भए पनि गोलअन्तरमा उरुग्वे अगाडी छ।
समान खेलमा १२ अंक जोडेको विश्वविजेता अर्जेन्टिना शीर्षस्थानमा छ।
102
Shares
प्रतिक्रिया