ad ad

राजनीति


जनताप्रति सचेत र सजग हुन सरकारलाई राप्रपा सा‌ंसद जबराको आग्रह

जनताप्रति सचेत र सजग हुन सरकारलाई राप्रपा सा‌ंसद जबराको आग्रह

पशुपति शमशेर जबरा


नेपालखबर
कात्तिक ४, २०८० शनिबार १३:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले दसैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

विजयादशमी, दीपावली एवम् छठ पर्वको शुभकामना व्यक्त गर्दै जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसके पनि सरकारलाई पर्बाह नभएको बताएका हुन्।

शुभकामना दिने क्रममा जबराले दसैँको बेलामा पनि सरकारले जनतालाई सुख र शान्ति किन दिन नसकेको भनेर प्रश्न गरे। उनले चाडपर्वका बेलामा अविलम्ब जनताप्रति जनताप्रति सजग र सचेत हुन आग्रह गरे।

‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईं छोला जस्तो भइसक्यो’ जबराले भने, ‘यो अवस्थामा सरकार के हेरेर बसेको छ ? किन नेपाली जनताको सुख र शान्ति दसैँको बेलामा पनि दिन सक्दैन ?’

जबरा थप्छन्, ‘हामी संसद्‌मा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ– दसैँ, तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ । यो दश्सैँमा अलिकति भए पनि नेपाली जनतालाई चैन देउ । मुलुक र नेपाली जनता तपाईँहरूबाट अलिकति सुख खोजिरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .