ad ad

राजनीति


अमेरिका जान लागेका राप्रपा अध्यक्ष लिङदेनलाई भेट्न विमानस्थलमै पुगे एनआरएनए अध्यक्ष केसी

अमेरिका जान लागेका राप्रपा अध्यक्ष लिङदेनलाई भेट्न विमानस्थलमै पुगे एनआरएनए अध्यक्ष केसी

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार ११:२, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.बद्री केसीले राप्रपा अध्यक्ष  राजेन्द्र लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर भेटेका छन्। 

अमेरिका भ्रमणमा जानुअघि केसीले लिङदेनलाई विमानस्थलको विशिष्ट कक्षमा पुगेर भेटेका हुन्। त्यसक्रममा उनीहरुबीच एक्ला एक्लै पनि वार्ता भएको छ। 

उनीहरुबीच एनआरएनएको हालै काठमाडौँमा सम्पन्न सम्मेलन र अन्य विविध विषयमा कुराकानी भएको बताइएको छ। 

यसैबीच राप्रपा अध्यक्ष लिङ्देन गएराति संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका छन्। अध्यक्ष लिङ्देन पार्टीका उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर अमेरिका प्रस्थान गरेका हुन्।  

राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा लिङदेन अमेरिका प्रस्थान गरेका हुन्। 

अमेरिका रहँदा उनी विभिन्न कार्यक्रममा सहभागी हुने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

लिङ्देनको भ्रमण टोलीमा उनकी श्रीमती सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी लगायत सहभागी छन्।

लिङ्देन कात्तिक २१ मा स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .