हङकङ सम्मिलित त्रिकोणात्मक टि- २० आई सिरिजको फाइनल खेलमा नेपालले अहिले पहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो।
नेपालले आजको खेलमा अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई स्थान दिएको छ।
नेपालले सिरिजमा यूएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो।
नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।
उता यूएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो। दुबै टोलीको समान २ अंक थियो।
27
Shares
प्रतिक्रिया