ad ad

राजनीति


विपिनलाई हमासको नियन्त्रणबाट यथाशीघ्र उद्धार गरियोस् : विश्वप्रकाश शर्मा

विपिनलाई हमासको नियन्त्रणबाट यथाशीघ्र उद्धार गरियोस् : विश्वप्रकाश शर्मा

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १३:४८, काठमाडौँ

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी लिन सरकारसँग आग्रह गरेका छन्।

नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भइसकेकोले उनलाई उद्धार गर्न सरकारले यथाशीघ्र पहलकदमी गर्नुपर्ने उनले बताएका हुन्।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले भने।

यसैगरी उनले काँकडभिट्टा नाका खुलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

तीन देशसँग निकटमा रहेको एक मात्र सीमानाकामा अवरोध  हुँदा समस्या भएको बताउँदै उनले खुलाउन पहल गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

शर्माले भने, ‘भारत, बंगलादेश र भुटान तीन देशसँग निकटमा रहेको हाम्रो एक मात्र सीमानाका काँकडभिट्टा हो। भारतीय अध्यागमनले पर्यटकको प्रवेश खुला नगरेका कारण काँकडभिट्टा नाकामा पर्यटक आवागमनमा अवरोध जारी छ। यसले पर्यटन र समग्र व्यवसायमा असर परिरहेको छ। सरकारले अविलम्ब भारत सरकारसँग संवाद गरेर काँकडभिट्टा नाका सुचारु गराउन म सरकार समक्ष आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .