प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्प पीडितको उद्धार र राहतका लागि सरकार गम्भीर रहेको बताएका छन्। शनिबार बिहानै कर्णालीका भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा सहयोगका लागि अपिलसमेत गरेका छन्।
आफू विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा रहेको पनि बताएका छन्।
प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कंदैछन्।
आफू चढेर गएको हेलिकोप्टर उद्धारका लागि उतै छाडेर उनी नेपालगन्ज हुँदै नियमित उडानमार्फत काठमाडौं आउन लागेका हुन्।
भूकम्प पीडितका लागि प्रधानमन्त्री प्रचण्डले भोलि (आइतबार) बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १३८ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले बताएको छ।
Shares
प्रतिक्रिया