नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट सुरु हुने भएको छ।
आइतवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बेठकले सो निर्णय गरेको हो।
महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराए।
यसअघि कांग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो।
18
Shares
प्रतिक्रिया