नेपाली कांग्रेसका संघीय सांसदहरूले भूकम्पपीडितको राहतका लागि १५ दिनको पारिश्रमिक दिने भएका छन्।
शनिबार बसेको संसदीय दल कार्यसमितिको बैठकले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको १५ (पन्ध) दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको सचेतक रमेश लेखकले जानकारी दिए।
बैठक संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित देउवा निवासमा बसेको थियो।
15
Shares
प्रतिक्रिया