ad ad

राजनीति


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १४:३२, काठमाडौँ

आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितलाई राहत उपलब्ध गराउने, क्रिकेट रंगशालाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाउनेलगायत ८ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। 

सरकारद्वारा सार्वजनिक निर्णयअनुसार आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो। 

यस्तै विराटनगर, काठमाडौँ र चितवनका क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउने निर्णय पनि सरकारले गरेको छ।

यसैगरी सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ। 

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय
१. प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने।

२. इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने। 

३. नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने।

४. मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने।

५. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने।

६. पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने।

७. मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने।

८. मन्त्रिपरिषद् विधेयक समितिकबाट पेस भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .