सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता प्रक्रिया अघि बढेको छ।
दुवै दलका वार्ता समितिबीच भएको आइतबार (मंसिर ३ गते) भएको छलफलपछि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्न सुझाव दिने निर्णय भएको समितिले जनाएको छ।
माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता टोली संयोजक गंगानारायण श्रेष्ठद्वारा आइतबार प्रेशित विज्ञप्तिमा ‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको’ जनाइएको छ।
विज्ञप्तिमा पार्टी एकता वार्ता समितिको बैठकमा वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको उल्लेख छ।
Shares
प्रतिक्रिया