ad ad

राजनीति


टीआरसीमा सहमति जुटाउन प्रचण्डको दौडधुप, एमाले र कांग्रेससँग छलफल गर्दै

टीआरसीमा सहमति जुटाउन प्रचण्डको दौडधुप, एमाले र कांग्रेससँग छलफल गर्दै

नेपालखबर
पुस १८, २०८० बुधबार १२:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र नेकपा एमालेसँगै अन्य दलहरुसँगको छलफललाई तीव्र पारेका छन्।

मंगलबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका प्रचण्डले बुधबार साँझ ५ बजे चार दलको बैठक बोलाएका छन्।

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा समझदारी जुटाउन निरन्तर छलफल भइरहेको उनको सचिवालयले जनाएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ।

विधेयकलाई आउने हिउँदे अधिवेशनमा पेश गरेर पारित गर्ने गठबन्धनको योजना छ। तर, एमालेले यसका कतिपय प्रावधान छलफल गर्नुपर्ने बताइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले आम सहमतिमै विधेयकलाई पारित गर्न चाहेकोले ढिलाइ भएको बताइरहेका छन्। 

त्यही भएर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहमत गराउन निरन्तर छलफलमा छन्।  

‘टीआरसीको विषयमा एमालेसँग छलफल भइरहेको छ’, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपालखबरसँग भने, ‘निरन्तरको छलफलले निष्कर्षमा पुगिएला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .