ad ad

राजनीति


याक एन्ड यतीमा नेपाल-भारत संयुक्त आयोगको बैठक (तस्बिरहरू)

याक एन्ड यतीमा नेपाल-भारत संयुक्त आयोगको बैठक (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


सरोज बैजु
पुस १९, २०८० बिहिबार १३:५३, काठमाडौँ

नेपाल-भारत संयुक्त आयोगको सातौँ अहिले राजधानीको याक एन्ड यती होटलमा चलिरहेको छ। 

दुई दिनसम्म चल्ने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली काठमाडौँ आइपुगेको छ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकर बैठकमा भाग लिन याक एन्ड यती पुगेका छन्।

जहाँ बैठकअघि उनले समकक्षी एनपी साउदसँग छोटो भेटवार्ता गरेका छन्। त्यसक्रममा दुई नेताले फोटो सेशन गरे। 

यसक्रममा भ्रमणका क्रममा आर्थिक मुद्दामा पनि छलफल र सम्झौता हुन सक्नेछ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठमा गरेको भारत भ्रमणका क्रममा भएका विद्युत् व्यापारसहितका सम्झौताका सन्दर्भमा संयुक्त आयोगको बैठकमा छलफल र हस्ताक्षर हुँदैछ।

यो बैठक ३ वर्षदेखि बसेको थिएन। यो बैठकमा नेपालले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने महत्त्वाकांक्षी योजना पनि अघि बढाउन कुरा हुँदैछ।

कोभिड महामारी बितेका दुई वर्ष परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक बसेको थिएन। २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक भएको थियो। त्यसपछि यो बैठक पहिलो पटक भएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .