ad ad

राजनीति


समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले : मन्त्री शर्मा

समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले : मन्त्री शर्मा

नेपालखबर
माघ ३, २०८० बुधबार १५:३५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन्।

बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको उनले बताइन्।

मन्त्री शर्माले अध्ययन/अध्यापन र परीक्षा, नतिजा लगायका विषयहरु सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने बताइन्। उनले अनलाइनमाध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘टियुसँग केही गुनासाहरु छन्। नतिजा र परीक्षाहरुका समस्याहरुको बारेमा। समयमै नहुने समस्या छ। त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेका छन्। त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ। टियु राम्रो हो तर के गर्नु? समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन। कोर्ष पूरा हुँदैन भन्ने गुनासो छ।’

मन्त्री शर्माले सूचना तथा सञ्चार क्षेत्रलाई राज्यले अत्यावश्यक रुपमा लिन नसक्दा यी समस्याहरु सिर्जना भएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .