ad ad

राजनीति


स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्री प्रचण्डको निर्णय झिकायो सर्वोच्चले

स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्री प्रचण्डको निर्णय झिकायो सर्वोच्चले

नेपालखबर
माघ २६, २०८० शुक्रबार १६:५२, काठमाडौँ

नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयसहितका कागजात सर्वोच्च अदालतले झिकाएको छ।

लोकबहादुर भण्डारीले दायर गरेको रिटमा शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले प्रधानमन्त्री प्रचण्डले माघ १७ गते गरेको निर्णय झिकाउन आदेश दिएको हो।

प्रधानमन्त्रीले नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषदको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेका थिए।

उक्त निर्णयको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट झिकाउन सर्वोच्चले आदेश दिएको हो। यस्तै निर्वाचन गराउन नसकिने भन्ने निर्वाचन समितिको निर्णय पनि सर्वोच्चले माग गरेको छ।

उक्त निर्णयसहितका कागजात नेपाल स्काउट निर्वाचन समितिको कार्यालय लैनचौरबाट झिकाउन आदेशमा भनिएको छ।

नेपाल स्काउटको माघ २७ गतेका लागि तय भएको निर्वाचन प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय भएको थियो।

त्यसअघि नै सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको भन्दै निर्वाचन स्थगित गरिएको थियो। रिटको टुंगो लागेपछि मात्रै निर्वाचनको नयाँ मिति घोषणा गर्ने सरकारले भनेको थियो।

तर निर्वाचन रोकिएको भन्दै भण्डारी समयमै निर्वाचन गराउन माग गरेर सर्वोच्च गएका थिए। उनको रिटमा सुनुवाइ गर्दैै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र निर्वाचन समितिको निर्णय मगाउने आदेश दिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .