प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा र्याडिकल रिफर्म गर्नुपर्ने बताएका छन्।
शुक्रबार र शनिबार दुई दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाका अनुसार निरन्तरतामा क्रमभंग गर्ने र त्यसपछि योजना निर्माण पनि नयाँ ढंगले गर्नेगरी बजेट निर्माणको तयारी गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका थिए।
‘आर्थिक विकासमा चाहीँ एउटा र्याडिकल रिफर्म गर्नुपर्छ भन्ने छ। आर्थिक विकासमा र्याडीकल रिफर्म भन्नाले निरन्तरतामा क्रमभंग गर्ने र त्यसपछि योजना निर्माण पनि नयाँ ढंगले गर्ने र त्यसैगरी बजेट निर्माणमा पनि नयाँ ढंगले तयारी गर्ने भन्ने छ,’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै उनले भने।
उनले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका थिए।
‘पहिला चाहीँ प्रिबजेटमा छलफल हुन्थ्यो। चैत्रदेखि नै त्यो विषयमा छलफल गर्ने भन्ने भएको छ। कमिटी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ। र विधि, प्रक्रियालाई कडाईका साथ लागू गर्नुपर्छ,’ सापकोटाले भने, ‘अनि यो विधान बनाउने कुरा पनि महत्वपूर्ण कुरा हो। विधान बनाउने भन्दा पनि लागू गर्ने कुरा धेरै गुणा महत्वपूर्ण कुरा हो भन्नेकुरा अधिकांश सदस्यहरुले राख्नुभएको छ।’
Shares
प्रतिक्रिया