ad ad

समाज


नेपालमा अनुसन्धानकर्ताको अवस्थाबारे प्यानल छलफल हुने

नेपालमा अनुसन्धानकर्ताको अवस्थाबारे प्यानल छलफल हुने

नेपालखबर
माघ २७, २०८० शनिबार १९:१२, काठमाडौँ

अनुसन्धानको परिवेश र भविष्यबारे प्यानल छलफल हुने भएको छ। आइतबार दिउँसो राजधानीको वसुन्धारास्थित एक कलेजमा ‘नेपालमा अनुसन्धानको विगत, वर्तमान र भविष्य’ शीर्षक दिइएको सो प्यानल छलफल हुने भएको हो। 

नेपालमा अनुसन्धानकर्ताहरूले सामना गर्नपरेका चुनौती र अवसरका बारेमा छलफल हुने नेपाल रिसर्च एन्ड कोलाबोरेसन सेन्टरका अध्यक्ष विवेकलाल कर्णले जानकारी दिए। 

उनका अनुसार छलफलमा रास्वपा सांसद शिशिर खनाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वसचिव डा. रवीन्द्र ढकाल, वरिष्ठ वैज्ञानिक डा. टिष्टा प्रसाई जोशीलगायत विभिन्न विज्ञलाई बोलाइएको छ। 

नेपालमा नयाँ विद्यार्थी र उदीयमान अनुसन्धानकर्ताले कस्ता अवसर पाएका छन् भन्ने विषयमा छलफल मुख्य केन्द्रित हुने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .