प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइहेको बताएका छन्।
मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले लघुवित्तका समस्या समाधान हुने बताएका हुन्।
‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरुलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु,’ प्रधानमन्त्रीले भने, ‘तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु। यसमा तपाईंहरूको पनि सहयोग चाहियो।’
36
Shares
प्रतिक्रिया