ad ad

राजनीति


एमाले महासचिव पोखरेल भन्छन् : आवश्यक परे कांग्रेससँग पनि मिलेर काम गर्छौँ

एमाले महासचिव पोखरेल भन्छन् : आवश्यक परे कांग्रेससँग पनि मिलेर काम गर्छौँ

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १८:१३, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर आवश्यक परे नेपाली कांग्रेससँग पनि मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताए।

पोखरेलले भने, ‘काँग्रेससँग त हामीले स्वभाविक रुपले जतिबेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ, जतिबेला परिवर्तनमाथि संकट आउँछ। त्यतिबेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौं।’

महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको पनि बताए।

मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेकोे महासचिव पोखरेलको स्पष्टिकरण थियो।

उनले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहोर्‍याए।

एमालेमा सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्‍याउने संकल्पका साथ नयाँ सत्तासमीकरण बनाएको उल्लेख गरे।

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमिकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .