ad ad

राजनीति


महानगरले राप्रपासँग माग्यो आन्दोलनमा भएको क्षतिको भर्पाइ

महानगरले राप्रपासँग माग्यो आन्दोलनमा भएको क्षतिको भर्पाइ

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार २०:८, काठमाडौँ

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आन्दोलनका क्रममा भएको क्षतिको क्षतिपूर्ति मागेको छ।

महानगरले शुक्रबार राप्रपा केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै गत चैत २७ गते राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको ट्राफिक आइल्याण्डमा क्षति पुगेको तथा फोहर मैला भएकोले त्यस वापत जरिवाना बुझाउन भनेको हो।

‘स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको ट्राफिक आइल्याण्ड मर्मत सम्भार गर्न रु २२२.८१ (अक्षरुपी दुई सय बाईस रुपैयाँ एकासी पैसा मात्र) असुल गर्ने तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम रु ५,००० (अक्षरुपी पाँच हजार मात्र) जरिवाना गर्ने निर्णय भएकोले सो क्षतिपुर्ति तथा जरिवाना रकम महानगरपालिकाको एनआईसी एशिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गरी सो को जानकारी महानगरपालिकालाई दिनुहुन अनुरोध छ’ महानगरले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .