ad ad

राजनीति


दिल्लीमा प्रधानमन्त्री प्रचण्ड : यता पनि गठबन्धन सरकार बन्यो, हामीलाई पनि सहज हुन्छ

दिल्लीमा प्रधानमन्त्री प्रचण्ड : यता पनि गठबन्धन सरकार बन्यो, हामीलाई पनि सहज हुन्छ

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा पनि गठबन्धनकै सरकार बनेकाले सहकार्यमा अझैं सजिलो हुने बताएका छन्। सोमबार दिल्लीस्थित नेपाली दूतावासमा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको अनुभव दुवै देशका लागि फाइदाजनक हुने बताए।

‘अहिले भारतमा पनि गठबन्धनकै सरकार बन्यो,’ उनको भनाइ छ, ‘त्यसले चाहिँ हामीलाई अझै सहज हुन्छ भन्ने लाग्छ । हामी दुवैका अनुभवहरू एकअर्काका लागि फलदायी हुन्छन् भन्ने मलाई लागेको छ।’

नेपालमा हुने राजनीतिक समीकरण फेरबदलले भारतसँगको सम्बन्धमा असर पर्ने बुझाई रहेको भए पनि त्यसले परराष्ट्र नीतिमा फरक नपार्ने प्रचण्डको भनाइ छ। ‘त्यो समीकरण बन्दै गर्दा आन्तरिक कारणले हेरफेर हुँदा हाम्रो परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धलाई असर गर्दैन भनेको थिएँ,’ उनको भनाइ छ, ‘अहिले बरु सम्बन्ध बढाऊँ, आर्थिक क्षेत्रमा सहकार्य बढाऊँ, छिमेकीसँगको नीतिमा, विदेश नीतिमा फरक पर्दैन भनेँ।’

नेपाल भ्रमणका लागि मोदीलाई निम्तो दिएको भन्दै प्रधानमन्त्री प्रचण्डले छिट्टै आउने आश्वासन पाएको समेत बताए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .