ad ad

राजनीति


बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको छ : गोकर्ण विष्ट

बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको छ : गोकर्ण विष्ट

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ६, २०८१ आइतबार १५:५५, काठमाडौँ

नेकपा एमाललेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताएका छन्।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको बताए। 

एमाले र कांग्रेसले काँध थापिरहँदा पनि नरम काँध खोज्ने प्रवृत्तिले उपज नै नयाँ गठबन्धन भएको उनको भनाइ थियो। 

‘रातमा वा दिनमा जुनसुकै बेला भएको सहमति भएपनि देशलाई अग्रमण र समस्या समाधान गर्छ भने रात र दिनको प्रश्न उठाएर वर्तमान गठबन्धनप्रति अविश्वास गर्नुपर्ने कुनै कारण छैन। यो गठबन्धन कहिले यो काँधमा कहिले त्यो काँधमा हुने, दुवै काँधले थामिरहेको छ,’ उनले भने, ‘काँध थाप्दा थाप्दा थाकि रहनेहरुले काँध थापि रहँदा पनि यो काँध भन्दा त्यो काँध नरम छ की त्यो काँध भन्दा यो काँध नरम छ। नरम काँध खोज्दै खोज्दै काँध बदल्ने प्रवृत्तिको उपज हो। वर्तमान गठबन्धन।’

सचिव विष्टले बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको बताउँदै उनले वर्तमान गठबन्धन कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्ने समेत बताए। 

अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको उनले बताए। 

‘अरु केही भएको छैन। बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको छ। त्यति मात्रै भएको छ। कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्छ। देश ठिक ढङ्गले अघि बढेको छ,’ विष्टले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .