ad ad

राजनीति


५ हजार घुस लिने मान्छे चिनाउन भनेको छु, छानबिन हुँदैछ : गृहमन्त्री

५ हजार घुस लिने मान्छे चिनाउन भनेको छु, छानबिन हुँदैछ : गृहमन्त्री

नेपालखबर
साउन ८, २०८१ मंगलबार १५:२२, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सानोठिमीस्थित पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई ५ हजार घुस दिएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले व्यक्तिगत रुपमै आफूले सांसद महतोसँग सोधखोज गरेको पनि बताए। 

‘सदनमा माननीय सदस्यजी एकजनाले मैले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा विचौलियालाई घुस दिएको कुरा उठाउनुभएको छ। मैले व्यक्तिगत रुपमा पनि उहाँलाई सोधेर मान्छे चिनाउनका लागि सहयोग गर्न आग्रह गरेको छु,’ गृहमन्त्री लेखकले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएको छ। यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’ 

छोराको सर्टिफिकेट (प्रमाणपत्र) इक्युभ्यालेन्ट (समकक्षता) का लागि  जाँदा घन्टौँसम्म काम नभएपछि ५ हजार घुस दिनासाथ ५ मिनेटमै काम भएको महतोले संसद्को रोष्ट्रमबाटै बताएका थिए।

उनको उक्त अभिव्यक्तिबारे सरकार गम्भीर नभएको सत्तारुढ नेपाली कांग्रेसकै सांसदले मंगलबार बताएका थिए। 

जसबारे जवाफ दिँदै गृहमन्त्री लेखकले अनुसन्धान अघि बढाइएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .