ad ad

राजनीति


प्रधानमन्त्रीले भने–समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने गरी संविधान संशोधन हुँदैन

प्रधानमन्त्रीले भने–समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने गरी संविधान संशोधन हुँदैन

नेपालखबर
साउन ३०, २०८१ बुधबार १३:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मास्नेगरी संविधान संशोधन नहुने स्पष्ट पारेका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘संविधान संशोधन गर्छौं भन्नुको अर्थ हामीलाई जे लागेको छ, त्यो गर्नु होइन। देशकाविरुद्ध, सुशानका विरुद्ध, समावेशिता मास्ने गरि, संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी संविधान संशोधन हुँदैन।’ 


संविधान संशोधन गर्दा सवै पक्षसँग छलफल गरिने र सर्वस्वीकार्य बनाउने प्रयास हुने समेत प्रधानमन्त्री ओलीको भनाइ छ। उनले भने, ‘संविधानको सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर सर्वस्वीकार्य बनाउने कुरालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिन्छ भनेको हो।’

यस्तो छ प्रधानमन्त्रीको भनाइ :

अहिलेको सरकारले पनि संविधान संशोधन जरुरी छ भनेको छ। यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ?

हामीले जेका लागि दुःख, कष्ट गरेर, संघर्ष गरेर यो ठाउँमा आइपुगेका छौं। जनप्रतिनिधि हुँदा हामीले शपथ लिएका छौं। यो सानो कुरा होइन्। 

अनि लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ? तानाशाही ठिक छ भन्ने सोच्थ्यौं भने हामी त्यसविरुद्ध कसरी लड्न सक्थ्यौं। हाम्रो विश्वास प्रजातन्त्रमाथि छ। 

म फेरि पनि भन्न चाहान्छु, संविधान असंशोधनीय दस्तावेज होइन। संशोधन अझ संविधानलाई व्यवहारिक बनाउन, समृद्ध बनाउन केही धारा, उपधारा फेरबदल गर्न नसकिने होइन।

संविधान संशोधन गर्छौं भन्नुको अर्थ हामीलाई जे लागेको छ, त्यो गर्नु होइन। देशका विरुद्ध, सुशानका  विरुद्ध, समावेशिता मास्ने गरि, संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी संविधान संशोधन हुँदैन। 

जहाँ विकासमा निम्ति बाधा हुन्छ, त्यस्ता कुरामा आवश्यक परे छलफल र परामर्शका साथ गरिनेछ। 

संविधानको सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर सर्वस्वीकार्य बनाउने कुरालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिन्छ भनेको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .