ad ad

राजनीति


प्रहरी प्रशिक्षण प्रतिष्ठान समयमै सम्पन्न गर्न गृहमन्त्री लेखकको निर्देशन

प्रहरी प्रशिक्षण प्रतिष्ठान समयमै सम्पन्न गर्न गृहमन्त्री लेखकको निर्देशन

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार २०:२८, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन्।

शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए।

‘यो परियोजना हाम्रो लागि राम्रो यो। यो परियोजना समयमै सम्पन्न हुने छ भन्ने विश्वास छ’ उनले भने।

समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले बताए।

‘परियोजना समयमै सम्पन्न गर्ने कुरामा जानू होला। हाम्रो तर्फबाट कुनै समस्य हुँदैन’ गृहमन्त्री लेखकले भने, ‘स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी हुँदैनौँ।’

यस्तै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए।

‘भारतको सबैभन्दा ठूलो अनुदानको परियोजन हो। यो समयमै सम्पन्न हुन्छ। यसको दूतावासले निरन्तरता निगरानी गरिरहेको छ। १०/११ महिनामा यो काम सम्पन्न गर्नुपर्छ।  यो परियोजना समयमै सम्पन्न हुनु भारत र नेपालका लागि राम्रो हुन्छ’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .