नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन्।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए।
आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे।
कोइरालाले भने, ‘अब सभापतिको उम्मेदवार म हुँ। सोच्ने कुरै छैन।’
महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, ‘सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो।’
नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए।
153
Shares
प्रतिक्रिया