ad ad

राजनीति


उपसभामुखको बचाउ गर्दै पौडेलले भने : दशौँ मन्त्रीमाथि प्रश्न उठेको छ, राजीनामा दिन तयार हो?

उपसभामुखको बचाउ गर्दै पौडेलले भने : दशौँ मन्त्रीमाथि प्रश्न उठेको छ, राजीनामा दिन तयार हो?

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १६:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दुःखदायी भएको बताए।

उनले सहमतिको आधारमा उपसभामुख बन्नु भएकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडि बढ्न नसक्ने धारणा राखे। उनले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडि बढ्न नसक्ने दाबी गरे।

प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरूबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गरे।

पौडेलले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टी–स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गरे।

उनले भने,  ‘एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको। सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाई सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ। यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन। यसले लोकतन्त्रको संरक्षण र विकास, सहकार्यको प्रणाली यो देशमा अगाडी बढ्न सक्दैन। त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ। प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले। राजीनामा दिन तयार हुनुहुन्छ?’

उनले थपे, ‘लाउडामा प्रश्न उठ्यो। वाइडबडीमा प्रश्न उठ्यो। भुटानी शरणार्थीमा प्रश्न उठ्यो। बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो। गिरिबन्धु टी स्टेटमा प्रश्न उठ्यो। राजीनामा दिन तयार हुनुहुन्छ? छानबिन होस्। एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने?’

उनले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .