ad ad

राजनीति


प्रधानमन्त्रीले सहकारीसम्बन्धी संसदीय छानबिन समितिसँग छलफल गर्ने

प्रधानमन्त्रीले सहकारीसम्बन्धी संसदीय छानबिन समितिसँग छलफल गर्ने

नेपालखबर
भदौ २९, २०८१ शनिबार १२:१९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गर्ने भएका छन्। 

आज अपराह्न ५ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफल हुन लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। रास्वपा सभापति रवि लामिछाने लगायतमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे छानबिन गर्न संसदीय छानबिन विशेष समिति बनेको थियो। 

समितिले प्रतिवेदन बुझाउनुअघि प्रधानमन्त्री ओलीसँग पनि छलफल गर्न लागेको हो।

समितिमा नेपाली कांग्रेस र एमालेबाट दुई/दुई जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सदस्य रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .