ad ad

राजनीति


सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले लगाए कोरोना खोप

सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले लगाए कोरोना खोप

नेपालखबर
फागुन २३, २०७७ आइतबार ५:१९,

गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

आइतबार बिहान गृहमन्त्री थापाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोना खोप लगाएका हुन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार विहान त्रिवि शिक्षण अस्पताल पुगेर कोरोना खोप लगाएका छन्।

आइतबारबाट सुरु हुने प्रतिनिधि सभाको सातौँ अधिवेशनमा सहभागी हुनका लागि कोरोना खोप अनिवार्य गरिएको छ। यसअघि सांसदहरुले कोरोना खोप लगाइसकेका छन्।

प्रधानमन्त्री ओलीले आफै खोप लगाएर आजदेखि देशभर ६५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाउने अभियानको आरम्भ गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .