ad ad

राजनीति


राजकिशोर थपिएसँगै जसपालाई ११ मन्त्री

राजकिशोर थपिएसँगै जसपालाई ११ मन्त्री

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ६:२०,

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवको पनि नाम छ।

उनी महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा खुलेका नेता हुन्।

जसपाले ओली सरकारमा सहभागी हुन १० मन्त्रालय मागेको थियो। तर, राजकिशोरको नाम पनि मन्त्री बन्ने सूचिमा रहेसँगै उसले ११ मन्त्रालय पाएको छ।

बालुवाटार स्रोतले दिएको लिष्टअनुसार यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

यसअघि शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्मा मन्त्री बन्न नपाएका उनलाई बिहीबार फेरि विस्तार भएको मन्त्रिमण्डलमा राखिएको हो ।

मन्त्री बन्न नपाएपछि उनी अर्का अध्यक्ष उपेन्द्र यादवतिर जाने संभावना देखेपछि महन्थ ठाकुरकै जोडबलमा उनलाई मन्त्री बनाइएको जसपाभित्र चर्चा छ ।

यादवले मन्त्री नबनाएपछि कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

८ सहित २ राज्य मन्त्रालय लिएर सरकारमा गएको राजपाको महन्थ ठाकुर पक्षले फेरि अर्काे एक मन्त्रालय पाएको छ । 

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा २० सांसद थिए। तर, उनीहरु ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेका छन्।

यो पनिः
सत्तामा गएसँगै महन्थ ठाकुर पक्षमा खटपट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .