नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सर्वाेच्च अदालतले २० जना मन्त्री बर्खास्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ मन्त्रीले अब देश कसरी हाँक्ने भनेर चिन्ता गरेकामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यी यसरी हाँक्ने भनेर देखाइदिएको कटाक्ष गरेका छन्।
सञ्चारकर्मी रूपा सुनारलाई जातीय भेदभाव गरेको आरोपमा थुना परेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई शिक्षामन्त्री श्रेष्ठले बुधबार महानगरीय प्रहरी वृत्त (सिंहरदबार) पुगेर रिहा गराई आफ्नै झन्डावाल गाडीमा हालेर घर पुर्याइदिएको विषयमा कांग्रेस नेता गुरुङले टिप्पणी गरेका हुन्।
‘सामाजिक विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी महिलालाई छुटाउन शिक्षामन्त्री महानगरीय प्रहरी वृत्तमा पुगेछन्,’ नेता गुरुङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रम ओलीले ५ जना मन्त्रीले देश कसरी हाँक्ने भनेका थिए। शिक्षामन्त्रीले देश यी यसरी हाँक्ने भनेर देखाएछन्। आरोपित महिला कानुनबमोजिम एकदिन त छुट्ने नै थिएन र?’
यी पनि :
रूपा सुनारलाई जातीय भेदभाव गर्नेलाई छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग
रूपा सुनार घटना: बृहत् नागरिक आन्दोलनद्वारा शिक्षामन्त्री श्रेष्ठको घोर भर्त्सना
जातीय विभेद गर्ने घरबेटी छुटाउन शिक्षामन्त्री नै गएपछि कांग्रेस प्रवक्ताको प्रश्न
Shares
प्रतिक्रिया